काठमाडौँ, ४ असोज । नेपालमा थप १०९५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९७५ र एन्टीजेन परिक्षणबाट १२० गरि कुल १०९५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ३२३ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।




