यमनमा झडप:२५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

`

     २०७८ आश्विन ०१ गते ८:०७

एजेन्सी, १ असोज । हुथी विद्रोही र यमनी सैनिक बिच झडप हुदा २५ हुथी र २० सैनिकको मृत्यु भएको छ । यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको बताइएको छ ।

यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।

यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेकाको सूचनाको आधारमा सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो ।

विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गर्ने क्रममा २० वा सो भन्दा बढी यमनी सैनिक मारिएका बताइएको छ । सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?