सूर्तीजन्य वस्तुमा थपियो स्वास्थ्य जोखिम कर

`

     २०७८ भाद्र २८ गते ८:२५

काठमाडौँ, २८ भदौ । सरकारले चुरोट, सुर्ती, खैनीजस्ता हानिकारक वस्तुमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ ।

आर्थिक विधेयक २०७८ ले स्वास्थ्य जोखिम कर थप गरेको हो । अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रतिखिल्ली ३० पैसा स्वास्थ्य जोखिम कर उठाइने छ ।

यसअघि ५० पैसा कर लाग्दै आएको चुरोट र सिगारमा प्रतिखिल्ली अब ६० पैसा स्वास्थ्य जोखिम कर लाग्ने भएको छ । सरकारले तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलोग्राम २० रुपैयाँको दरले बढाउँदै ६० रुपैया स्वास्थ्य जोखिम कर लगाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकले यस्तो व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?