काठमाडौँ, २८ भदौ । पर्सामा प्रहरी र काठ तस्करबीच झडप भएको छ।
पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गर्दा नियन्त्रणमा लिन खोज्दा आज बिहान करिब ४ बजे झडप भएको प्रहरीले जनाएको छ।
पर्साका डिएसपी ओम प्रकाश खनालका अनुसार तस्करी हुन लागेको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी खटिएका थिए।
सोहि क्रममा ८ जना तस्करको समूहले ढुंगामुढा प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेका थिए।
यद्यपी तस्कर चढेको ४ मध्ये २ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिआर २२ एफ ४१०८ भारतीय नम्बर प्लेट र ना ४० प ९३९६ नम्बरको मोटरसाकल र दुइटा काठको गोली प्रहरीले नियन्त्रणमा लिएको हो।




