काठमाडौँ, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८३८ र एन्टीजेन परिक्षणबाट ७३ गरि कुल ९११ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा १४२३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ७५७ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।




