आज पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदको नाराबाजी

`

     २०७८ भाद्र २७ गते ८:१३

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको आजको बैठक सुरूमै एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन्।

यसअघि २ दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले आजको बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।

आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन्।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?