थप ११४६ संक्रमित, २१ जनाको मृत्यु

`

     २०७८ भाद्र २५ गते १०:५८

काठमाडौँ, २५ भदौ । नेपालमा थप ११४६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९६१ र एन्टीजेन परिक्षणबाट १८५ गरि कुल ११४६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६६० जना संक्रमण मुक्त भएका छन् ।

देशभर अहिले २५२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ९५८ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?