थप १२७१ संक्रमित, १४ जनाको मृत्यु

`

     २०७८ भाद्र २४ गते ११:००

काठमाडौँ, २४ भदौ । नेपालमा थप १२७१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १०५८ र एन्टीजेन परिक्षणबाट २१३ गरि कुल १२७१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८४५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ६७८ पुगेका छन् ।

थप १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?