काठमाडौँ, १४ भदौ । प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएको छन । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आज शीतल निवासमा शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न लगाइदिएकी छन् ।
झन्डै १ लाख सैनिकको प्रमुख भएर ३ वर्ष संस्था हाँक्ने अवसर पाएका शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।
राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।




