सुनको मूल्य घट्यो , तोलाको कति ?

`

     २०७८ भाद्र २४ गते ५:४५

काठमाडौँ, २४ भदौ । आज सुनको मूल्यमा १ सयको गिरावट आएको छ ।

सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा १ सय रुपैयाँले नै सस्तिँदै ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि १० रुपैयाँले सस्तिँदै बिहीबार १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?