१६४० संक्रमित, १० जनाको मृत्यु

`

     २०७८ भाद्र २३ गते ११:०९

काठमाडौँ, २३ भदौ । आज थप १६७७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १३४७ र एन्टीजेन परिक्षणबाट २९३ गरि कुल १६४० जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१६१ जना संक्रमण मुक्त भएका छन् ।

देशभर अहिले २५६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ७८९ जना रहेका छन् भने होम आइसोलेसनमा २७ हजार ६९० रहेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ हजार ४७९ पुगेका छन् ।

त्यस्तै अहिले नेपालमा ४८८ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १० जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?