एमसीसी पारित दबाब सिर्जनाको सङ्केत लगतै एमसीसीविरुद्ध उभिन २२ दलीय सङ्गठनको आह्वान

`

     २०७८ भाद्र २० गते ६:१६

काठमाडौँ, २० भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय संगठनले एमसीसीविरुद्ध एकजुट हुन आह्वान गरेको छ । गठबन्धनले आइतबार जारी गरेको विज्ञप्तिमा निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदबाट पारित हुन नसकेको र खारेजी नै गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) , नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?