अमेरिकी दूतावास अगाडि एमसीसीको विरोध, १० जना पक्राउ

`

     २०७८ भाद्र १८ गते ६:५०

काठमाडौँ, १८ भदौ । (एमसीसी)को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ ।

शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० पुरुष पक्राउ गरेको छ ।

उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमरको साथमा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि अर्को साता नेपाल आउने तय भएको छ । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?