काठमाडौँ, १७ भदौ । भारतीय सेनाले आयोजना गर्ने ‘चिफ कन्क्लेभ’ सेमिनारमा नेपालका पूर्व प्रधानसेनाापतिहरूलाई निमन्त्रणा आएको छ । नेपाली सेनाका पूर्व सेनापतिहरू भरतीय सेनाका पूर्व मानार्थ महारथी पनि हुन् ।
उक्त ‘चिफ कन्क्लेभ’ असोज १ र २ गते नयाँ दिल्लीमा हुनेछ । उक्त कन्क्लेभमा संगठन र सुरक्षा सम्बन्धित छलफल हुने एक सैनिक अधिकारीले जानकारी दिए ।
सैनिक मुख्यालय स्रोतकाअनुसार पूर्व प्रधानसेनापतिहरूले निमन्त्रणा पत्र प्राप्त गरे पनि को–को जाने वा नजाने भन्ने विषयमा अझै प्रष्ट भइसकेको छैन । पूर्व प्रधानसेनापतिहरू धर्मपालवरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, छत्रमात्रसिंह गुरुङ, गौरवशमशेर राणा, राजेन्द्र क्षत्री र यहि २० भदौबाट अवकाश लिन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई कार्यक्रममा बोलाइएको हो ।




