यमनमा सरकार समर्थक सेना र विद्रोहीबीच झडप हुँदा ६५ जनाको मृत्यु

`

     २०७८ भाद्र १७ गते ८:३६

एजेन्सि, १७ भदौ । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप भएको छ ।

जारी रहेको सो झडपमा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु, ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?