एमसीसी सम्झौताबारे अमेरिकाले बढायो चासो, एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्ष आउँदै

`

     २०७८ भाद्र १७ गते ६:१९

काठमाडौँ, १७ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउँदै छन् । ९एमसीसी० सँगको सम्झौता कार्यान्वयनबारे विवाद र बहस भइरहेका बेला अर्को हप्ता सुमरसँगै सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने भएका छन् ।

(एमसीसी) सम्झौताको ४ वर्ष पुग्नै लाग्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै अमेरिकाले असन्तुष्ट जनाउदै आएको छ । नेपालले २०७४ भदौ २९ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नाशले हस्ताक्षर गरेका थिए ।

५ दिनको भ्रमणमा रहँदा उनीहरुले (एमसीसी)को बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताका लागि राम्रो सङ्केत नभएको भन्दै अमेरिकाले असन्तुष्टि व्यक्त गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गराउन तत्पर रहे पनि सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हुबहु अनुमोदन गर्न नहुने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?