ताप्लेजुङमा हट्या निषेधाज्ञा, स्वास्थ्य सुरक्षा मापदण्डको पालना अनिवार्य गर्नुपर्ने

`

     २०७८ भाद्र १६ गते ८:५९

काठमाडौँ, १६ भदौ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ ।

कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सुनाए ।

उनले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नुपर्ने बताए । स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गरेमा सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?