काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४६ हजार १५२ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज देशभर १ हजार ७८६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।




