काठमाडौं, १४ भदौ । आज देशभर २,२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४४ हजार ४८८ पुगेको छ ।
आज थप १८०८ जना कोरोनामुक्त भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।
आज थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।




