काठमाडौं, १४ भदौ । ३ सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि युथ कांग्रेस नेपालका कार्यकार्ताहरुले फोहोर थुपारेर प्रदर्शन गरेको छ ।
उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा ३ सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।




