गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

`

     २०७८ भाद्र १४ गते ७:५८

काठमाडौँ, १४ भदौ । कांग्रेस नेता गगन थापाले काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् ।

थापा सोही वडाका स्थायी बासिन्दा हुन् । ुआज हामी १४औं महाधिवेशनको प्रारम्भमा छौं । यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेँ । यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए । उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन,ु थापाले भने, ु मेरो बडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु ।ु

कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?