करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

`

     २०७८ भाद्र १४ गते ७:०८

काठमाडौँ, १४ भदौ। गजुरी गाउँपालिका–५ बञ्चरेमा ९धारापानी० एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ ।

रुख ढलेर छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बरालको मृत्यु भएको छ, भने पोखरा निवासी भुवन बराल घाइते भएको छ ।

घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?