काठमाडौँ, १३ भदौ। हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत ५ वर्षदेखि विद्युत् महसुलवापत २ अर्ब ३४ करोड रकम तिरेको छैन ।
डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत उक्त रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ । रकम तिर्नका लागि उद्योगलाई लगातार पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले बताएको छ ।
सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।




