२,०६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

`

     २०७८ भाद्र ११ गते १०:३९

काठमाडौं, ११ भदौ । आज थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना पूष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?