१ लाख ३० हजार एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

`

     २०७८ भाद्र ११ गते ९:३५

काठमाडौं, ११ भदौ । बेलायतबाट उपलब्ध एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् ।

राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताइन् । बेलायतको सहयोगले कोरोना महामारीको उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास उनको थियो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?