२४८२ संक्रमित थपिए, थप ४४ को मृत्यु

`

     २०७८ भाद्र ०९ गते ११:१३

काठमाडौँ, ९ भदौ । आज २,४८२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकोमा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?