काठमाडौँ, ९ भदौ । कर्णाली राजमार्गको कालिकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

आज बिहान राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।
वर्षातको कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको २ ठाउँमा पहिरो गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालिकोटका प्रहरी प्रमुख शाहले बताए ।




