काठमाडौँ, ८ भदौ । आज नेपालमा २५२५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयलको अनुसार २४ घण्टामा पिसिआरबाट कुल २०२० र एन्टीजेन परिक्षणबाट ५०५ गरि कुल २५२५ जना संक्रमित थपिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २०८६ जना संक्रमण मुक्त भएका छन् ।
देशभर ३९५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २५० पुगेका छ ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार १०५ जना रहेका छ भने होम आइसोलेसनमा ३५ हजार १४५ रहेका छ ।
त्यस्तै अहिले नेपालमा ६२० जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।




