काठमाडौं, ८ भदौ । उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेका छन् । यसअघिको निषेधाज्ञाको समय आज भदौ ८ गते सकिँदैछ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अनुसरण पहिलाको निषेधाज्ञा अनुसरण गर्दै राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन पाइने उनले बताएका छन् ।




