१,८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

`

     २०७८ भाद्र ०७ गते ११:५४

काठमाडौं, ७ भदौ । आज थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?