तालिबानद्धरा अमेरिकालाई ३१ अगस्टसम्म अफगानिस्तान छोड्न आदेश

`

     २०७८ भाद्र ०७ गते १०:५३

एजेन्सि, ७ भदौ । तालिबानले पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्म अफगानिस्तान छोड्ने समय नबढाउने जानकारी दिएको छ । तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’ उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?