एजेन्सि, ७ भर्दौ । जर्मनकी चान्सलर एंगेला मर्केलले यदि रुसले युक्रेनविरुद्ध विवादास्पद ग्यास पाइपको प्रयोग गरे उसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
चान्सलरको पद छोड्नुअघि अन्तिम पटक कीवको भ्रमणमा निस्किएकी एंगेला मर्केलले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँग आफूले ‘नर्ड स्ट्रिम–२’ प्रोजेक्टको विषयमा उनको चिन्ता बुझेको बताइन् ।
यो ग्यास पाइप लाइनको कारण युक्रेनको सुरक्षालाई खतरामा पुर्याएकाले युक्रेनले विरोध गरिरहेको छ । यो ग्यास पाइप लाइन बाल्टिक सागर मुनी राखिनेछ र यसमार्फत् जर्मनीलाई रुसको तर्फबाट ग्यासको निर्यात दोब्बर हुनेछ ।
युक्रेनलाई डर छ कि रुसको नर्ड स्ट्रीम–२ ग्यास पाइप लाइन प्रोजेक्टका कारण यो क्षेत्रबाट हुने ऊर्जा आपूर्तिमाथि मस्कोको नियन्त्रण बढ्नेछ र उसको प्रभाव थप बलियो हुनेछ ।
आइतबार एंगेला मर्केलसँगको एक साझा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले यो प्रोजेक्टलाई ‘क्रेमिलिनको जियोपोलिटिकल विपन’ (भूराजनीतिक हतियार) बताएका छन् । उनले यो परियोजना पूरा युरोपका लागि खतरनाक बन्ने बताएका छन् ।
तर १६ वर्षसम्म सत्तामा रहेर अबको जाडोमा पद छोडिरहेकी एंगेला मर्केलले जर्मनी र अमेरिका नर्ड स्ट्रीम–टु ग्यास पाइप लाइन प्रोजेक्टको प्रयोग युक्रेनविरुद्ध गर्न नहुने कुरामा सहमत भएको

बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘ग्यासको प्रयोग हतियार झैं’ गरिए जर्मनी र अमेरिकाबीच भएको सम्झौता अन्तर्गत रुसविरुद्ध प्रतिबन्ध लगाउन सकिनेछ ।’
अर्कोतर्फ, वोलोलिमीर जेलेन्स्कीले प्रश्न सोधेका छन्, ‘युक्रेनको पाइपलाइनमार्फत् जब रुसी ग्यासको आपूर्तिको सम्झौता तीन वर्षमा समाप्त भए के होला रु’
युक्रेनको ट्रान्जिट फीको नाममा अर्बौं डलरको आम्दानी हुन्छ र यो बन्द हुँदा उसको अर्थव्यवस्थालाई हानी पुग्नेछ ।




