काठमाडौँ, ६ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट विभिन्न किसिमको लागूऔषध बरामद गरिएको छ ।
उक्त पसलमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई पक्राउ गरेको हो । पसलभित्र रहेको कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन–१०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद गरिएको छ ।
यस्तै, तीनवटा मोबाइल र १८ हजार ६७५ रुपैयाँ नगद समेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार लेयादवलाई अन्य अनुसन्धान गर्दै छ ।




