एजेन्सि, ६ भदौ । इजरायली सैनिकले गाजा क्षेत्रमा हवाई हमला गर्दा ४१ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ मन्त्रालयले जनाएको छ । यद्यपी, अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन ।
जेरुसलेमको अल अक्सामस्जिद जलाइएको ५२ औं वर्षगाँठ मनाउन भेला भएका प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकबीच भिडन्त निम्तिएपछि अवस्था बिग्रिएको हो । शनिबार राती इजरायली सैनिकले विज्ञप्ति जारी गर्दै गाजास्थित हतियार उत्पादन गर्ने चारवटा कारखानामा हमला गरिएको जनाएको छ । यी कारखाना हमास विद्रोहीले सञ्चालन गरिरहेको उसको दाबी छ । प्यालेस्टाइनी इलाका हमासको कब्जामा छ ।
प्रदर्शनकारीहरूले सीमा क्षेत्रको पर्खाल नाघेर आफ्ना सैनिकमाथि बिष्फोटक पदार्थ फ्याँक्ने प्रयास गरेको इजरायली सैनिकको दाबी छ ।




