काठमाडौं, ४ भदौ । नयाँ दल दर्ताको प्रक्रियामा रहेका महन्थ ठाकुरले प्रस्तावित पार्टीको नाम परिवर्तन गरेका छन् । यसअघिको नाम परिवर्तन गरेर नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तय भएको नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतले यसअघिको फैसलामा नयाँ दल दर्ता गर्दा कुनैपनि पनि पार्टीसँग जुधाएर अन्य विशेषण राख्न नमिल्ने भनेपछी नयाँ नाम राखेको हो । ।
यसअघि प्रस्ताव गरिएको जसपा लोकतान्त्रिक पार्टीमा जसपा शब्द मूल पार्टीसँग मिलेका कारणले निर्वाचन आयोगले दर्ताका लागि अस्वीकार गरेको थियो ।




