सांसद तथा केन्द्रीय सदस्यको भेलामा सहभागी अन्य नेताहरूले ओलीसँगै पावर शेयरिङ गरेर एकतामा जानुपर्ने बताएपछि नेपाल ओली इमान्दार नभएको भन्दै आक्रोशित भएका थिए ।

‘यस विषयमा सांसद तथा केन्द्रीय सदस्यहरूले दुई जना बस्नु होस र आफू निकटका स्थायी कमिटीका सदस्यहरू पनि छलफल गर्नुहोस । विभाजनतर्फ जानु भएन । केपी शर्मा ओलीतर्फ पनि दबाब गइरहेको छ । तर नेपालबीचमै निस्कनु भयो । एकदमै एग्रेसिभ हुनुहुन्थ्यो,’ नेपाललाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्नुभयो । ओली पावर शेयरिङको विषयमा इमानदार भएर आउनु पुर्‍यो । मौखिक रुपमा होइन बैठकमा आउनु पर्‍यो।’

" /> माधव नेपालले भने– ‘ओली इमानदार नभएकाले एमालेमा बस्‍नुको अर्थ छैन’ - Sarbocha Media

माधव नेपालले भने– ‘ओली इमानदार नभएकाले एमालेमा बस्‍नुको अर्थ छैन’

`

     २०७८ भाद्र ०१ गते ९:४०

काठमाडौँ, १ भदौ । एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नहुँदा एमालेमा बस्नुको अर्थ नभएको बताएका छन् ।

सांसद तथा केन्द्रीय सदस्यको भेलामा सहभागी अन्य नेताहरूले ओलीसँगै पावर शेयरिङ गरेर एकतामा जानुपर्ने बताएपछि नेपाल ओली इमान्दार नभएको भन्दै आक्रोशित भएका थिए ।

‘यस विषयमा सांसद तथा केन्द्रीय सदस्यहरूले दुई जना बस्नु होस र आफू निकटका स्थायी कमिटीका सदस्यहरू पनि छलफल गर्नुहोस । विभाजनतर्फ जानु भएन । केपी शर्मा ओलीतर्फ पनि दबाब गइरहेको छ । तर नेपालबीचमै निस्कनु भयो । एकदमै एग्रेसिभ हुनुहुन्थ्यो,’ नेपाललाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्नुभयो । ओली पावर शेयरिङको विषयमा इमानदार भएर आउनु पुर्‍यो । मौखिक रुपमा होइन बैठकमा आउनु पर्‍यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?