काठमाडौँ, ३२ साउन । पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १० हजार ९३ जनाको पिसिआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
साथै, २ हजार ४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८५ हजार १४० जना कोरोना मुक्त भएका छन्।
संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।




