रुपन्देही, ३१ साउन । लुम्बिनी साँस्कृतिक नगरपालिका ४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका १३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमान रहेका छन् ।
लु ४३ प २६५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार मुसलमानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।




