काठमाडौँ, ३१ साउन । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँ पुगेको छ भने चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
आज यता तेजाबी सुन समेत बढेर ९० हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




