काठमाडौँ, २९ साउन । रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दाको आज सुनुवाई हुने भएको छ।
आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी रहेको छ। आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरीएको छ।
जिल्ला,उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ।
न्यायाधीश राउत र रेग्मी नेपाली काँग्रेसको कोटामा सर्वोच्चको स्थायी न्यायाधीश सिफारिस भएका हुन्। आलमको निवेदन पहिलो नम्बरमा पेसी रहेको छ।




