एजेन्सि, २८ साउन । तालिबान समूहले रणनीतिक मानिएको अफगान सहर घज्नीमाथि कब्जा गरेको छ । बिहीबार तालिबानले राजधानी काबुलबाट १५० किलोमिटरको दूरीमा रहेको घज्नी सहरमा कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सँगै तालिबानले ३४ मध्ये १० वटा प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । घज्नीको प्रान्तीय परिषद् प्रमुख नासिर अहमद फकिरीलाई उद्धृत गर्दै एएफपीले तालिबानले सहरका प्रमुख भागमा कब्जा गरिसकेको छ ।
तालिबानले गर्भनर कार्यालय, प्रहरी मुख्यालय र जेल कब्जा गरेको छ । सहरका केही भागमा अहिले पनि संघर्ष जारी रहेको बताइएको छ । उनीहरुले जेलमा रहेका बन्दीहरुलाई समेत छुटाएका छन् । तालिबानले समेत सामाजिक सञ्जालमा वक्तव्य जारी गरेर सहरमाथि कब्जा गरेको जानकारी दिएको छ ।




