काठमाडौँ, २८ साउन । सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नसमेटिनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नमानेपछि उक्त कार्यक्रममा एमसीसीले स्थान नपाएको बताउनुभएको हो । देउवाले प्रचण्ड तयार नभएपछि कार्यक्रममा एमसीसी समेट्न नसकिएको बताउनुभएको हो ।
यसअघि नै ओली सरकारका पाला संसदबाट पारित गराएर एमसीसी कार्यान्वयन गर्न खोज्दा माओवादी खेमको अवरोध एवं असहयोगका कारण एमसीसी अन्यौलमा पर्दै आएको थियो । अध्यक्ष प्रचण्डले भने संशोधनविना यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आउनुभएको छ ।




