डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौँ घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो बिस्तारै नियन्त्रणमा आउने सम्भावना देखिएको छ । आगोबाट बच्न हजारौँ मानिस अन्यत्र पलायन भएका छन् ।

डढेलोको कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको छ । एकजना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए ।

युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।

नागरिक सुरक्षा अधिकारीका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १ हजार २०० भन्दाबढी अग्निनियन्त्रक पठाएका छन् ।

" /> ग्रीसको इभियामा लागेको डढेलो नियन्त्रण नजिक - Sarbocha Media

ग्रीसको इभियामा लागेको डढेलो नियन्त्रण नजिक

`

     २०७८ श्रावण २७ गते ११:१८

एजेन्सि, २७ साउन । ग्रीसको इभियामा लागेको भीषण डढेलो नियन्त्रण हुदै गएको छ ।

जङ्गलमा लागेको डढेलो बिस्तारै नियन्त्रणमा आउँदै गरेको इस्टानिया शहरको इभिया टापूका मेयर यियानिस कोन्ट्जियासले राज्यद्वारा सञ्चालन टेलिभिजन ईआरटीलाई बताएका छन् ।

डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौँ घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो बिस्तारै नियन्त्रणमा आउने सम्भावना देखिएको छ । आगोबाट बच्न हजारौँ मानिस अन्यत्र पलायन भएका छन् ।

डढेलोको कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको छ । एकजना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए ।

युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।

नागरिक सुरक्षा अधिकारीका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १ हजार २०० भन्दाबढी अग्निनियन्त्रक पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?