बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म दिन पाउने छन् ।

आवेदन न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैँकिङ लिमिटेड रहेको छ ।

" /> मानुषी लघुवित्तको आईपीओ खुल्यो - Sarbocha Media

मानुषी लघुवित्तको आईपीओ खुल्यो

`

     २०७८ श्रावण २७ गते ६:५७

काठमाडौँ, २७ साउन । बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर ९आईपीओ० निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म दिन पाउने छन् ।

आवेदन न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैँकिङ लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?