साउन १५ गतेको नाडाको १३ औँ कार्यसमिति बैठकले भदौ २५ गते ४५ औँ वार्षिक साधारण सभा तथा २१ औँ निर्वाचन होटेल सोल्टीमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

यसका लागि अनुमति माग गर्दै नाडाले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि पठाएको थियो । तर, यस बीचमा प्रशासनले कोरोनाको तेस्रो भेरियन्टको जोखिमका कारण सभा र सम्मेलन गर्न नपाउने विषयमा सार्वजनिक सुचना नै जारी गरेपछि नाडाले पनि साधारणसभा तथा निर्वाचन स्थगित गरेको हो महासचिव सुनिल रिजालले जानकारी दिए ।

" /> नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित - Sarbocha Media

नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

`

     २०७८ श्रावण २६ गते ११:२०

काठमाडौँ, २६ साउन । नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालको चुनावी साधारणसभा स्थगित भएको छ । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालको अध्यक्षतामा बसेको १४ औं केन्द्रीय कार्य समितिको बैठकले ४५ औं वार्षिक साधारण सभा तथा २१ औँ निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

साउन १५ गतेको नाडाको १३ औँ कार्यसमिति बैठकले भदौ २५ गते ४५ औँ वार्षिक साधारण सभा तथा २१ औँ निर्वाचन होटेल सोल्टीमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

यसका लागि अनुमति माग गर्दै नाडाले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि पठाएको थियो । तर, यस बीचमा प्रशासनले कोरोनाको तेस्रो भेरियन्टको जोखिमका कारण सभा र सम्मेलन गर्न नपाउने विषयमा सार्वजनिक सुचना नै जारी गरेपछि नाडाले पनि साधारणसभा तथा निर्वाचन स्थगित गरेको हो महासचिव सुनिल रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?