प्रहरी प्रधान कार्यालयले गृहमा गरेको प्रस्तावमा कार्यालय सहयोगीका चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्तावसमेत गरिएको छ । यस्तै, बढुवाको अवधि पुगेका तर अवकाशमा जान लागेका डीएसपीलाई समेत एक तह थप गरेर एसपीसम्मको सेवा सुविधा दिन प्रस्ताव गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले तयार पारेको प्रस्ताव पारित भएमा कार्यालय सहयोगीले पाँचौँ तहसम्मको सुविधा पाउनेछन । दर्जा कार्यालय सहयोगीकै भए पनि सेवा सुविधा निजामती कर्मचारी सुब्बासरहको प्रस्ताव गरिएको छ । यो प्रावधानानुसार ग्रेड, तलबलगायत माग पनि प्रस्तावमा गरिएको छ ।

नयाँ प्रस्तावमा जवानबाट हबल्दार हुनुअघि सहायक हबल्दार, हबल्दारपछि वरिष्ठ हबल्दार र सईपछि वरिष्ठ सईको दर्जा थपको माग गरिएको छ । तल्लो तहमा १२ वर्षसम्म पनि नियमित बढुवा हुन नसक्दा संगठन छाड्ने, निराशा बढ्ने निष्कर्ष पनि प्रहरी प्रधान कार्यालयको छ । नेपालमा दैनिक औसतमा ६ जना प्रहरीले जागिर छाड्ने गरेका छन् ।

प्रहरी उच्च अधिकारीहरु भन्छन्, “हामीले गरेको प्रस्ताव पास भए संगठनमा त्यसले ठूलो ऊर्जा ल्याउनेछ । खासमा तल्लो तहमा यसले निकै सकारात्मक सन्देश जानेछ । बीचैमा जागिर छाड्नेलगायत कुराहरुमा पनि कमी आउने हाम्रो विश्वास छ । १०/१२ वर्षसम्म एकै तहमा बस्दा त्यसले तल्लो दर्जामा निराशा, तनाव बढ्दै गएको छ ।”

गृहले यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनेछ । अर्थले स्वीकृति दिएमा मन्त्रिपरिषद्ले निर्णय गरेमा नयाँ व्यवस्था लागु हुनेछ ।

प्रहरीमा हाल ७९ हजारको दरबन्दी रहे पनि ६९ हजार मात्रै कार्यरत छन् । १० हजार जनशक्ति रिक्त छ ।

" /> प्रहरीलाई पनि निजामतीजस्तै सुविधाको प्रस्ताव-तीन दर्जा थप्न माग - Sarbocha Media

प्रहरीलाई पनि निजामतीजस्तै सुविधाको प्रस्ताव-तीन दर्जा थप्न माग

`

     २०७८ श्रावण २५ गते ७:०५

काठमाडौँ, २५ साउन । नेपाल प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधाको प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको छ । यसका लागि विभिन्न तीन तहमा बढुवा र अन्य सेवा सुविधा बढाउन माग गरिएको हो । नेपाल प्रहरीले माग गरेको सुविधा नेपाली सेना र सशस्त्र प्रहरीले पाइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयले नियमावली संशोधन र संरचना पुनरवलोकनसहित तह, दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । एक महिनाअघि गृहमा पठाएको प्रस्ताव लागु भएमा तल्लो दर्जाका प्रहरीको सेवा सुविधामा समेत वृद्धि हुनेछ ।

प्रहरी प्रधान कार्यालयले गृहमा गरेको प्रस्तावमा कार्यालय सहयोगीका चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्तावसमेत गरिएको छ । यस्तै, बढुवाको अवधि पुगेका तर अवकाशमा जान लागेका डीएसपीलाई समेत एक तह थप गरेर एसपीसम्मको सेवा सुविधा दिन प्रस्ताव गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले तयार पारेको प्रस्ताव पारित भएमा कार्यालय सहयोगीले पाँचौँ तहसम्मको सुविधा पाउनेछन । दर्जा कार्यालय सहयोगीकै भए पनि सेवा सुविधा निजामती कर्मचारी सुब्बासरहको प्रस्ताव गरिएको छ । यो प्रावधानानुसार ग्रेड, तलबलगायत माग पनि प्रस्तावमा गरिएको छ ।

नयाँ प्रस्तावमा जवानबाट हबल्दार हुनुअघि सहायक हबल्दार, हबल्दारपछि वरिष्ठ हबल्दार र सईपछि वरिष्ठ सईको दर्जा थपको माग गरिएको छ । तल्लो तहमा १२ वर्षसम्म पनि नियमित बढुवा हुन नसक्दा संगठन छाड्ने, निराशा बढ्ने निष्कर्ष पनि प्रहरी प्रधान कार्यालयको छ । नेपालमा दैनिक औसतमा ६ जना प्रहरीले जागिर छाड्ने गरेका छन् ।

प्रहरी उच्च अधिकारीहरु भन्छन्, “हामीले गरेको प्रस्ताव पास भए संगठनमा त्यसले ठूलो ऊर्जा ल्याउनेछ । खासमा तल्लो तहमा यसले निकै सकारात्मक सन्देश जानेछ । बीचैमा जागिर छाड्नेलगायत कुराहरुमा पनि कमी आउने हाम्रो विश्वास छ । १०/१२ वर्षसम्म एकै तहमा बस्दा त्यसले तल्लो दर्जामा निराशा, तनाव बढ्दै गएको छ ।”

गृहले यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनेछ । अर्थले स्वीकृति दिएमा मन्त्रिपरिषद्ले निर्णय गरेमा नयाँ व्यवस्था लागु हुनेछ ।

प्रहरीमा हाल ७९ हजारको दरबन्दी रहे पनि ६९ हजार मात्रै कार्यरत छन् । १० हजार जनशक्ति रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?