महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार पाँच सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२४० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२१५ कायम गरिएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ घट्ने क्रम जारी, आज पनि तोलामा १ हजारले घट्यो - Sarbocha Media

सुनको भाउ घट्ने क्रम जारी, आज पनि तोलामा १ हजारले घट्यो

`

     २०७८ श्रावण २५ गते ५:४७

काठमाडौँ, २५ साउन । केहिदिदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । आइतबार पनि सुनको मूल्य तोलामा १५ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार पाँच सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२४० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२१५ कायम गरिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?