यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।

आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ । तीमध्ये १० हजार ९३ जनाको मृत्यु भएको छ भने ६ लाख ६९ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन् । जसमध्ये ३१ हजार ९ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५ सय २२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८ सय २ जना आईसीयू र १ सय ८१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २२ वर्ष उमेर समूहका १ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

" /> २४ घण्टामा थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु - Sarbocha Media

२४ घण्टामा थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु

`

     २०७८ श्रावण २४ गते १०:४१

काठमाडौँ, २४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

देशभर ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ गरी २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।

आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ । तीमध्ये १० हजार ९३ जनाको मृत्यु भएको छ भने ६ लाख ६९ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन् । जसमध्ये ३१ हजार ९ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५ सय २२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८ सय २ जना आईसीयू र १ सय ८१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २२ वर्ष उमेर समूहका १ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?