काठमाडौँ, २४ साउन । आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३ हजार १०८.१२ विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ ।
बैंकिङ, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड सकारात्मक देखिएको यस दिन कारोबार रकम भने अधिकतम १४ अर्ब माथिको भएको छ ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता माथिको सेयर १ लाख २६ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाखको कारोबार भएको छ ।




