advertisement

राष्ट्रपति पदको दुरुपयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग दर्ता भएको थियो ।

यो प्रकरणबारेको अनुसन्धानमा अमेरिकी तल्लो सदनले दुवै अधिकारीसँग वयान लिएको थियो । साथै उनीहरू महाभियोगको दौरानमा साक्षीका रूपमा प्रस्तुत भएका थिए ।

" /> राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगमा साक्षी बसेका दुई अधिकारी बर्खास्त - Sarbocha Media

राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगमा साक्षी बसेका दुई अधिकारी बर्खास्त

`

     २०७६ माघ २५ गते ४:४५

एजेन्सी, २५ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई बर्खास्त गरेका छन् ।

ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्त गरेका हुन् । माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि उनले आर्मीका लेफ्टिनेन्ट जर्नेल र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डनलाई बर्खास्त गरेका छन् ।

advertisement

राष्ट्रपति पदको दुरुपयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग दर्ता भएको थियो ।

यो प्रकरणबारेको अनुसन्धानमा अमेरिकी तल्लो सदनले दुवै अधिकारीसँग वयान लिएको थियो । साथै उनीहरू महाभियोगको दौरानमा साक्षीका रूपमा प्रस्तुत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?